अभिनेता सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा जब ड्रग्सको विषयमा जाँच सुरु भयो तबदेखि बलिउडका ठूला हस्तीहरुको नाम बाहिर आउन थालेको छ । दीपिका पादुकोण, श्रद्धा कपूर र सारा अली खानसँग त एनसिबीले सोधपुछ समेत गरिसकेको छ । ड्रग्स मुद्दामा एकपछि अर्का कलाकार मुछिन थालेपछि अहिले आम मानिसको बलिउडलाई हेर्ने नजरमा परिवर्तन आएको छ ।
यसबीच, अभिनेता अक्षय कुमारले ट्विटरमा एक भिडियो पोस्ट गर्दै फिल्म इन्ड्रस्टीलाई बदनामको नजरले नहेर्न आग्रह गरेका छन् । ‘म तपाईंहरुको रिस बुझ्छु । तर, हरेक क्षेत्रका व्यक्ति यसमा जोडिएका हुँदैनन् । कृपया, पूरै इन्ड्रस्टीलाई बदनाम नजरले नहेर्नुहोस्,’ उनले भनेका छन्, ‘ड्रग्स एउटा गम्भीर मुद्दा हो र कानुनले यो विषयमा गम्भिर तरिकाले अनुसन्धान गर्नेमा विश्वस्त छु ।’
सुशान्तको निधनपछि बाहिर आएका मुद्दाले अरुलाई जस्तै आफूलाई पनि पीडा दिएको बताउँदै अक्षयले भने( ‘अहिले भारतमा ड्रग्सको विषयमा कुराकानी भइरहेको छ । मुटुमाथि हात राखेर म कसरी झुट बोल्न सक्छु कि यो गम्भीर मुद्दा होइन, अवश्य हो । तर, हरेक व्यक्ति यसमा जोडिएका हुन्छन् भन्ने सोच्नु चाहिँ गलत हो ।’ उनले यो मुद्धामा गम्भीर अनुसन्धान हुनुपर्ने बताएका छन् ।
प्रतिक्रिया