आइतबार थप २२ सय ५३ जनामा कोरोना  संक्रमण पुष्टि ,१३ सयभन्दा बढी डिस्चार्ज

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार १ हजार ३ सय २९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ६४ हजार ६७ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२७८४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २२ हजार २ सय १९ जना कोरोना संक्रमित रहेका छन् भने क्वारेन्टिनमा रहेकाहरुको संख्या ४ हजार २ सय ३ रहेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया