नेप्सेमा १४ अंकको वृद्धि हुँदा १५ सय ८५ बिन्दु पार , कारोबार रकम ३ अर्बभन्दा माथि

५ बर्ष अगाडि

आज साता पहिलो दिन दिन  नेपाल स्टक एक्सचेन्ज नेप्सेमा १४.७१  अंकले वृद्धि भएको छ ।

आज ११ बजे १५७१.०४ को बिन्दुबाट सुरु भएको कारोबार  ४ घण्टाको अवधिमा सम्म आइपुग्दा १४.७१ अंकको वृद्धि भई  १५८५.७५ को बिन्दुमा पुगेको छ । यस्तै ३ बजेसम्म आउँदा ०.९४ प्रतिशतले बढेको छ ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९५ कम्पनीको १करोड ७ लाख १३ हजार ३१२ कित्ता शेयर ४५ हजार ७६३ पटक खरिद विक्री हुदाँ ३ अर्ब १७ करोड ८८ लाख ५३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया