१९ जीवन बीमा कम्पनीले उठाए करिब २१ अर्ब बीमाशुल्क, कुनको कति ?

५ बर्ष अगाडि

काठमाडौं – जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दुई महिनामा २० अर्ब ७९ करोड बीमाशुल्क संकलन गरेका छन् । बीमा समितिबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो । 
कुल बीमाशुल्क मध्ये रु. ४ अर्ब ९४ करोड प्रथम बीमाशुल्क रहेको छ । साथै, बैदेशिक रोजगार बीमाबाट रु. २ करोड रुपैयाँ बीमाशुल्क संकलन भएको छ । यसबाहेक १५ अर्ब ८२ करोड रुपैयाँ नविकरण बीमाशुल्क संकलन भएको तथ्यांकमा उल्लेख छ । 
बीमाशुल्क संकलन गर्ने मामलामा नेपाल लाइफ अगाडि देखिएको छ । उक्त कम्पनीले कुल रु. ६ अर्ब २८ करोड बीमाशुल्क संकलन गरेको छ । 
यस्तै, राष्ट्रिय बीमा संस्थान दोस्रो नम्बरमा छ, उक्त कम्पनीले रु. ३ अर्ब ८७ करोड बीमाशुल्क संकलन गरेको छ । तेस्रो नम्बरमा रहेको एलआईसी नेपालले भने रु. २ अर्ब ५३ करोड बीमाशुल्क संकलन गरेको छ । 
चौथो नम्बरमा रहेको नेशनल लाइफले रु. १ अर्ब ७३ करोड बीमाशुल्क संकलन गरेको छ । दुई बर्ष अघि सञ्चालनमा आएको युनियन लाइफले अन्य पुराना कम्पनीलाई पछि पार्दै पाचौं स्थानमा आएको छ । उक्त कम्पनीले रु. ९४ करोड बीमाशुल्क संकलन गरेको छ । 
हाल नेपालमा १९ जीवन बीमा कम्पनी सञ्चालनमा छन् । त्यसमध्ये १० जीवन बीमा कम्पनी सञ्चालनमा आएको केही बर्ष मात्र भएको छ । उक्त १० बीमा कम्पनी मध्ये युनियन लाइफको व्यवसाय राम्रो रहेको देखिन्छ । 
हेर्नुहोस्, कुन कम्पनीले कति बीमाशुल्क उठाए 

५ बर्ष अगाडि

प्रतिक्रिया