काठमाडौं – एनआरएन लघुवित्त वित्तीय संस्थाको विशेष साधारणसभा आज हुदैंछ । पुर्वनिर्धारित समयअनुसार आज ११ बजे धनगढीस्थित होटल दिनेशमा साधारण सभा गर्न लागिएको हो ।
बिशेषगरि साधारण सभाले एफपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्ने बताइएको छ । साथै, चार बर्षे कार्यकालका लागि ४ जना संस्थापक र २ जना सर्वसाधारणको तर्फबाट गरि ६ जना सञ्चालक निर्वाचन गरिने बताए ।
साधारण सभाका लागि गत असोज ११ गते बुक क्लोज गरिएको छ । त्योअनुसार असोज १० गतेसम्म कायम शेयरधनी मात्र साधारण सभामा उपस्थीति हुन पाउने छन् ।
प्रतिक्रिया