५ लघुवित्तले एफपीओ निष्काशन गर्दै, यी हुन एफपीओ ल्याउने लघुवित्त

५ बर्ष अगाडि

काठमाडौं – सर्वसाधारण र संस्थापक शेयरको संरचना मिलाउन तथा तोकिएको चुक्तापुँजी पुर्याउन केही लघुवित्त कम्पनीले थप साधारण शेयर (एफपीओ) निष्काशन गर्ने भएका छन् । बिशेषगरि आईपीओ नेप्सेमा सुचिकृत भएका र नभएका लघुवित्त मर्ज भएर बनेका संस्थाहरुले नै शेयर संरचना मिलाउन एफपीओ निष्काशन गर्न लागेका हुन् । 
त्यस्ता संस्थाहरु मर्ज भएमा एफपीओ निष्काशन गरेर शेयर संरचना मिलाउन सकिने व्यवस्था छ । यसैक्रममा हाललाई आरम्भ चौतारी, समाज र एनआरएन लघुवित्तले एफपीओ निष्काशन गर्ने तयारी गरेका छन् । यस्तै, वोमी र नयाँ नेपाल लघुवित्तले पनि एफपीओ निष्काशन गर्न बताइएको छ । 
उनीहरु आईपीओ जारी गरेर नेपाल स्टक एक्सचेन्जमा सुचिकृत कम्पनी हुन । उनीहरुले आईपीओ निष्काशन नगरेका कम्पनीलाई मर्ज गरेका छन् । त्यो अनुसार उनीहरुले एफपीओ निष्काशन गर्ने छ । 
आरम्भ चौतारीले सिवाईसी नेपाल लघुवित्त र शालिग्राम लघुवित्तसँग मर्जरमा जादैं छ । उनीहरु बीच गत असोज ९ गते मर्जर सम्झौता भइसकेको छ । मर्जर प्रक्रिया सकिएसँगै एफपीओ निष्काशन गर्ने कम्पनीले बताएको छ । 
अहिले आरम्भ चौतारीको चुक्तापुँजी रु. २६ करोड २४ लाख छ । यस्तै, शालिग्रामको १ करोड ६८ लाख र सिवाईसीको ७ करोड छ । मर्जर पछि उनीहरुको चुक्तापुँजी ३५ करोड भन्दा बढी हुने छ । 
यस्तै, एनआर लघुवित्तले पनि बिभिन्न संस्थाहरुलाई गाभेर एकीकृत कारोबार सुरु गरिसकेको छ । उक्त कम्पनीले पनि एफपिओ निष्काशन गर्ने प्रस्ताव सहित असोज १८ गते साधारण सभा बोलाएको छ । त्यसपछि आवश्यक प्रक्रिया पुरा गरेर एफपीओ निष्काशन गरिने बताइएको छ ।
यसैगरि हालै आईपीओ निष्काशन गरेर शेयर कारोबार सुरु गरेको समाज लघुवित्तले पनि आईपीओ निष्काशन गर्ने छ । उक्त लघुवित्तले नेप्सेमा सुचिकृत नभएको स्वस्तिक लघुवित्तसँग मर्जर सम्झौता गरेको छ । त्यो अनुसार समाज लघुवित्तले पनि एफपीओ निष्काशन गर्ने छ । 
यसैगरि वोमी लघुवित्त वित्तीय संस्थाले ग्रामिण स्वयमसेबक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेको छ । ग्रामिण स्वयमसेवक नेप्सेमा सुचिकृत छैन, त्यो अनुसार उनीहरुले पनि एफपीओ निष्काशन गर्ने छन् । 
यस्तै, नयाँ नेपाल लघुवित्तले सारथि लघुवित्तलाई मर्ज गरेर एकीकृत कारोबार शुरु गरिसकेको छ । सारथी पनि सुचिकृत कम्पनी होइन, त्यो अनुसार उक्त कम्पनीले पनि शेयर संरचना मिलाउन एफपीओ निष्काशन गर्ने तयारी गरेका छ । जसअनुसार ५ लघुवित्त कम्पनीले एफपीओ निष्काशन गर्ने देखिन्छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया