काठमाडौं – सिभिल लघुवित्त वित्तिय संस्थाले ८९ हजार ४५० कित्ता शेयर लिलाम बढाबढमा बिक्री गर्ने भएको छ । लघुवित्तले संस्थापक समुहको ११ हजार ६०८ र सर्वसाधारण तर्फको ७७ हजार ८४२ कित्ता गरि सो बराबरको शेयर बिक्री गर्न लागेको हो ।
लघुवित्तले गत साउन २५ गतेदेखि भदौ २९ गतेसम्म २०० प्रतिशत हकप्रद जारी गरेको थियो । त्यसमा सो बराबरको कित्तामा आवेदन नपरेपछि लिलाम बढाबढमा बिक्री गर्न लागिएको हो ।
कम्पनीले शेयर खरिद गर्नका लागि असोज २५ गतेबाट शिलवन्दी बोलपत्र पेश गर्न इच्छुक सर्वसाधारण, कम्पनी लगायतका संस्थाहरुलाई आह्वान गरेको हो । त्यसमा कात्तिक २ गतेभित्र आवेदन दिइसक्नुपर्ने बताइएको छ ।
कम्पनीले शेयर विक्री प्रवन्धकमा सेञ्चुरी क्यापिटल रहेको छ । त्यो अनुसार उक्त क्यापिटल र सेञ्चुरी बैंकका तोकिएका तोकिएका शाखाबाट यसमा आवेदन दिन सकिने छ ।
कम्पनीले उक्त शेयरको न्यूनतम मुल्य १०० रुपैयाँ तोकेको छ । खरिद कर्ताले सो वा सो भन्दा बढी मुल्य अंकित गरी बोलकबोल गर्नुपर्ने बताइएको छ ।
संस्थापक शेयर हकमा न्यूनतम १००० कित्तामा आवेदन दिनुपर्ने छ । यस्तै, सर्वसाधारण तर्फको हकमा भने न्यूनतम १०० कित्ताका लागि आवेदन दिनुपर्ने कम्पनीको भनाइ छ ।
प्रतिक्रिया