काठमाडौं – सेञ्चुरी क्यापिटलको चौथो वार्षिक साधारण सभा कात्तिक ६ गते हुने भएको छ । सो दिन कमलादी स्थित काठमाडौं प्लाजामा साधारण सभा गरिने कम्पनीले जनाएको छ ।
गत असोज १२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
दिउँसो १ बजे साधारण सभा गर्ने कम्पनीको भनाइ छ । साधारण सभाले ४.२० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्ने बताइएको छ ।
प्रतिक्रिया