प्रधानमन्त्रीका दुई जना सल्लाहकारलाई कोरोना संक्रमण

५ बर्ष अगाडि

प्रधानमन्त्री केपी शर्मा ओलीका राजनीतिक सल्लाहाकार विष्णु रिमाल र  प्रेस सल्लाहकार सूर्य थापालाई कोरोना संक्रमण भएको छ । 

रिमालले ट्वीटरमार्फत् र थापाले फेसबुकमार्फत काेराेना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् । 

परीक्षणका लागि हिजो स्वाब संकलन गरिएकोमा आज आएको रिपोर्टमा संक्रमण पुष्टि भएको उनीहरूले बताएका छन् । 

उनीहरूले अफूसँग सम्पर्ककामा पुगेका सबैले आफ्नो स्वास्थ्यको ख्याल गर्न भनेका छन् । 

काठमाडौंमा प्रतिदिन कोरोना भाइरस संक्रमणको दर बढीरहेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज एकैदिन काठमाडौंमा ११ सय ७७ जना संक्रमित भएका छन् । त्यसमध्ये काठमाडौंमा १ हजार १, ललितपुरमा ६९ र ललितपुरमा १ सय ९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वितेको २४ घण्टामा नेपालभर गएका २४ घण्टामा नेपालमा २१२० जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिए । १२ हजार ९ सय ७८ जनाको पीसीआर परिक्षणको क्रममा उनीहरुमा संक्रमण भेटिएको हो । 

थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमित ८४ हजार ५७० पुगेको छ । हाल २१ ह्जार ३०२ जनामा भाइरसको सङ्क्रमण सक्रिय रहेको छ ।

मन्त्रालयले पछिल्लो चौबीस घण्टामा दुई हजार ४४ जना कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । हालसम्म ६२ हजार ७४० सङ्क्रमित निको भएर घर फर्केका छन् ।

त्यसैगरी, पछिल्लो चौबीस घण्टामा आठ जना सङ्क्रमितको मृत्यु भएको छ । यो सँगै कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ५२८ पुगेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया