आज एकैदिन काठमाडौंमा ११ सय ७७ जना संक्रमित, देशभर २१ सय २० जना

५ बर्ष अगाडि

कोरोना भाइरसबाट राजधानी काठमाडौ उपत्यकामा आज एकैदिन ११ सय ७७ जना संक्रमित भएका छन् ।

काठमाडौंका तीन जिल्लामध्ये काठमाडौंमा १ हजार १, ललितपुरमा ६९ र ललितपुरमा १ सय ९ जना संक्रमित भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले वितेको २४ घण्टामा नेपालभर गएका २४ घण्टामा नेपालमा २१२० जना कोरोना भाइरसबाट संक्रमित भएको जानकारी दिए । १२ हजार ९ सय ७८ जनाको पीसीआर परिक्षणको क्रममा उनीहरुमा संक्रमण भेटिएको हो ।

नेपालमा अहिले २१ हजार ३ सय २ जना संक्रिय संक्रमित रहेको डा. गौतमको भनाई छ ।

उनले जति ठूलाे मानिस वा देश भएपनि जनस्वास्थ्यका मापदण्ड पूरा नगरेमा काेराेनाबाट संक्रमित हुने उनले बताए ।

५ बर्ष अगाडि

प्रतिक्रिया