पर्यटनमन्त्री भट्टराईले एकैदिन ३ विमानस्थल उद्घाटन गर्ने

५ बर्ष अगाडि

आज शनिबार एकैदिन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले  ३ विमानस्थलको उद्घाटन गर्ने भएका छन् ।

मन्त्री भट्टराईले डोटीको दिपायल, बझाङको चैनपुर र बैतडीको पाटन विमानस्थलमा जहाज उडाएर उद्घाटन गर्न लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशका उक्त ३ विमानस्थलमा लामो समय देखि उडान हुन सकेको थिएन ।

नागरिक उड्यन प्राधिकरणले सुरुमा बैतडीको पाटन विमानस्थल र त्यसपछि चैनपुर र दिपायल विमानस्थलको उद्घाटन गरिनेछ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया