लोबुचे हिमाल चढ्यो बहराइनका राजकुमारसहितको टोली

५ बर्ष अगाडि

चढ्यो बहराइनका राजकुमारसहितको टोलीले आज लोबुचे हिमाल सफलतापूर्वक आरोहण गरेको छ ।

उक्त टोलीले ६ हजार १ सय १९ मिटर अग्लो लोबुचे हिमाल आज बिहान ८ बजेर ५० मिनेटमा आरोहण गरेको हो ।

यस अघि भदौ ३१ गते  १५ जना बहराइनी र ३ जना बेलायती नागरिक सहित बहराइनी राजकुमार नेपाल भ्रमणमा आएका थिए ।

यो उक्त टोलीको सिजनको पहिलो आरोहण हो । उक्त टोलीले मनास्लु र लोबुचे हिमाल आरोहणको अनुमति पाएको छ ।

उक्त  टोली करिब दुई महिना नेपाल बस्ने छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया