यी कम्पनीमा तपाइँको सेयर छ भने तयार हुनुहोस्, आउँदै छ १३ अर्ब ८३ करोडको हकप्रद सेयर

५ बर्ष अगाडि

विभिन्न कम्पनीले १३ करोड ८३ लाख ५२ हजार २१२ दशमलव ४६ कित्ता हकप्रद सेयर बिक्रीका लागि धितोपत्र बोर्डमा निवेदन दिएका छन् । 

बोर्डका अनुसार ६ वटा कम्पनीले १३ अर्ब ८३ करोड ५२ लाख २१ हजार २४६ रुपैयाँको हकप्रद सेयर बिक्री गर्ने भएका हुन् । 

धितोपत्र बोर्डमा आवेदन दिने मध्ये सबैभन्धा धेरै कित्ता हकप्रद जारी गर्ने प्रस्ताव जलविद्युत लगानी तथा विकास कम्पनीको छ ।

उसले २०७६ असार ३१ गते १.१ अनुपातमा ११ करोड कित्ता हकप्रद जारी गर्नको लागि आवेदन दिएको भएपनि अनुमति पाएर हकप्रद जारी गर्न सकेको छैन ।

त्यसो त २०७४ साल वैशाख २८ गते आवेदन दिएको श्री राम सुगर मिल्सको हकप्रद पनि अहिलेसम्म बोर्डको पाइपलाइनमै  छ ।

मिल्सले १ः३ अनुपातमा ८९ लाख ३ हजार ९४९ कित्ता हकप्रद सेयर निष्काशनको निम्ती आवेदन दिएको थियो थियो ।

लामो समयदेखि हकप्रदका लागि आवेदन स्वीकृत दिएपनि कम्पनीका संचालकले चलाउन नसकेको भन्दै खारेज गर्ने निर्णय गरेका छन् ।

हकप्रदको पाइपलाइनमा नाग्दी ग्रुप पावरको १०ः३ अनुपातमा १६ लाख ६ हजार ६६४ कित्ता, नेपाल फाइनान्सले  १ः१.२५ अनुपातमा १६ लाख ९७ हजार ५०६.२५ कित्ता, नागरिक लगानी कोषले १ः०.८२८४ अनुपातमा १ अर्ब ३५ करोड ९२ लाख ५९ हजार २ सय रुपैयाँ बराबरको १ करोड ३५ लाख ९२ हजार ५९२ कित्ता र बरुण हाईड्रोपावर कम्पनीले पनि १ः१ अनुपातमा २५ करोड ५१ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ५१ हजार ५०० कित्ता हकप्रद सेयर हकप्रद जारी गर्न निवेदन दिएका छन् । 

यसको लागि उनीहरु बोर्डको अनुमतिको पर्खाइमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया