काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि नेपालमा फेस मास्कको आयात पनि बढेको छ । चालु आर्थिक बर्षको पहिलो दुई महिना अर्थात् साउन र भदौमा मात्र रू. १४ करोड ५२ लाख १४ हजारको मास्क आयात भएको छ ।
भन्सार बिभागको दुई महिनाको तथ्यांकले यस्तो देखाएको हो । बिभागकाअनुसार रू. ६ करोड ९५ लाख ३ हजार बराबरको १ करोड ६१ लाख ४० हजार ७५३ पिस एकथरी मास्क आएको छ । यस्तै, ७ करोड ५७ लाख ११ हजार रुपैयाँ बराबरको २७ हजार १७१ केजी अर्काे थरी मास्क आयात भएको छ ।
समिक्षा अवधीमा अष्ट्रेलिया, बंगलादेश, चीन, हङकङ, भारत, जापान, केन्या, मलेसिया, पोर्चुगल, सिंगापुर, साउदी अरव, कोरिया, स्वीडेन, स्वीजरल्यान्ड, थाइल्यान्ड, युएई, लन्डन, अमेरिका, भेदनामबाट मास्क आायात भएको छ ।
यस्तै, समिक्षा अवधीमा नेपालदेखि १ करोड ९० लाख १४ हजार मास्क निर्यात पनि भएको छ । बिभागका अनुसार १ करोड ८५ लाख ४ हजार बराबरको २ लाख ६७ हजार ३०० पिस मास्क निर्यात भएको छ । यस्तै, ५ लाख १० हजार बराबरको १६० केजी अर्काे थरि फेस मास्क निर्यात भएको छ । नेपालदेखि भुटान, फ्रान्स, युएई, लन्डन, क्यानडा लगायतका मुलुकमा मास्क निर्यात भएको बिभागको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया