काठमाडौं – नागरिक लगानी कोषको एक कर्मचारीमा कोरना संक्रमण देखिएपछि सम्पूर्ण सेवा बन्द गरिएको छ । बुधबार एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि बिहीबार देखि नै सेवा बन्द गरिएको कोषका एक अधिकारीले जानकारी दिए ।
अब कोषका अन्य कर्मचारीको कन्ट्रायाक ट्रेसिङ गरेर आगामी सातादेखि सेवा सुचारु गर्ने कोषले बताएको छ । अहिले कन्ट्रायक ट्रेसिङका साथै कार्यलयलाई सेनीटाइज गर्ने काम पनि भइरहेको बताइएको छ ।
अब सुरक्षाको आवश्यक मापदण्ड अपनाएर सिमित कर्मचारीबाट सेवा सुचारु गर्नेक कोषको भनाइ छ । सम्भवत आइतबारदेखि नै सेवा सुचारु हुन सक्ने बताइएको छ ।
यस्तै, उक्त कर्मचारीमा कोरोना देखिदाँ कोष नागरिक स्टक डिलर सञ्चालन गर्ने काम पनि अन्योलमा परेको छ । कोष कर्मचारीले नै स्टक डिलर कम्पनीको काम गर्दै आएका छन् । अहिले कोषका कर्मचारीलाई संक्रमा देखिएपछि उक्त कम्पनीको काम पनि स्थगन गरिएको छ ।
प्रतिक्रिया