महासंघको साधारण सभा र चुनाव मंसिर ११ र १२ गते हुने, सरकारले दियो अनुमति

५ बर्ष अगाडि

काठमाडौं – नेपाल उद्योग बाणिज्य महासंघको ५४ औं बार्षिक साधारण सभा तथा अधिवेशन आगामी मंसिर ११ र १२ गते हुने भएको छ । साधारण सभा भर्चुअल माध्यम र अधिवेशन (निर्वाचन) कार्यक्रम काठमाडौंमा गर्ने निर्णय गरिएको हो । 
सरकारले महासंघलाई अधिवेशन गर्ने स्वीकृति दिएपछि साधारणसभा गर्न लागिएको हो । महासंघको बिहीबार बसेको कार्यकारीरणीको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो । प्रज्ञा भवन वा राष्ट्रिय सभा गृहमा अधिवेशन हुनेछ । 
महासंघको साधारण सभा गत चैतमा नै हुने भनिएको थियो । तर, कोरोनाको कारण त्यो अझै सम्म पनि हुन सकेको छैन ।  कोभिडका कारण साधारण सभा हुन नसकेपछि महासंघले एक कार्यदल नै बनाएको थियो। उक्त कार्यदलले गरेको सिफारिसमा नै यो साधारण सभा गर्न लागिएको हो । 

सरकारले पनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर निर्वाचन गर्न महासंघलाई अनुमति दिएको हो ।  महासंघको यस साधारण सभाबाट हालका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुनेछन् । बरिष्ठ उपाध्यक्षमा भने चन्द्र प्रसाद ढकाल र किशोर प्रधानले उम्मेदवारी दिएका छन् । महासंघमा बरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने प्रावधान छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया