काठमाडौं – सिद्धार्थ बैंकको ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्रमा आजदेखि आवेदन खुल्ला भएको छ । पुर्वनिर्धारीत समयअनुसार नै बैंकले आजदेखि ऋणपत्रमा आवेदन खुल्ला गरेको हो । यसमा छिटोमा असोज २० गते र ढिलोमा असोज ३० गतेसम्म आवेदन दिन सकिने बैंकको भनाइ छ ।
बैंकले बार्षिक ८.५० प्रतिशत व्याजदरमा प्रतिकिक्ता १ हजार रुपैयाँदरले ३० लाख कित्ता अर्थात् ३ अर्ब बराबरको ऋणपत्र निष्काशन गरेको हो । कुल ऋणपत्र मध्य १ अर्ब ८० करोड रुपैयाँको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्ने बैंकले बताएको छ । बाँकी १ अर्ब २० करोड रुपैयाँ को १२ लाख कित्ता भने सर्वसाधारणका लागि छुट्टाइएको छ ।
सर्वसाधरण तर्फको ऋणपत्रमा ५ प्रतिशत (६० हजार कित्ता ऋणपत्र) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
यो ऋणपत्रको अवधी ७ बर्षको रहेको छ । यसमा आम लगानीकर्ताले न्यूनतम २५ कित्ता लागि आवेदन दिन सक्नेछन् । अधिक्तम सबै कित्तामा आवेदन दिन सक्ने बैंकको भनाइ छ ।
यस ऋणपत्रको व्याज भुक्तानी प्रत्यके आर्थिक ६÷६ महिनामा गरिने बताइएको छ । यस ऋणपत्रको बिक्री प्रवन्धक एनएमबी क्यापिटल रहेको छ ।
इक्रा नेपाललेल यो ऋणपत्रलाई इक्रा एनपी आईआर ए माइनस एटदरेट रेटिङ्ग प्रदान गरेको छ ।
प्रतिक्रिया