काठमाडौं – सिभिल बैंकले संस्थापक तर्फको ८ लाख ६७ हजार ६०४ कित्ता शेयर लिलाममा बिक्री गर्ने भएको हो । कम्पनीले लिलाम बढाबढ माध्यमबाट उक्त शेयर बिक्री गर्न लागेको हो ।
कम्पनीले यसका लागि असोज १६ गते (आज) देखि ३० गतेसम्म इच्छुक विद्यमान संस्थापक शेयरधनी, बैंक तथा वित्तीय संस्थाको संस्थापक शेयर खरिद गर्न योग्य अन्य व्यक्ति, कम्पनी, संघ, संस्थाहरुलाई आग्रह गरेको हो ।
बैंकले शेयरको न्यूनतम मुल्य १०० रुपैयाँ तोकेको छ । आम खरिदकर्ताले सो वा सो भन्दा बढी मुल्य अंकित गरेर बोलपत्र पेश गर्नुपर्ने बताइएको छ । एक आवेदनकले न्यूनतम १० हजार कित्ताका लागि आवेदन दिनुपर्ने बैंकको भनाइ छ ।
प्रतिक्रिया