समृद्धि फाइनान्सको २०० प्रतिशत हकप्रद शेयरको आजदेखि बिक्री खुल्ला

५ बर्ष अगाडि

काठमाडौं – समृद्धि फाइनान्स कम्पनीको २०० प्रतिशत हकप्रद शेयरको आजदेखि बिक्री खुल्ला गरिएको छ । पुर्व निर्धारित मिति अनुसार नै असोज १६ गते (आज) देखि उक्त कम्पनीको हकप्रद शेयर  निष्काशन तथा बिक्री खुल्ला गरिएको हो । 
कम्पनीले १ः २ (१ कित्ता बराबर २ कित्ता) अनुपातमा हकप्रद निष्काशन गरेको हो ।  हाल कम्पनीको चुक्तापुँजी रु. १८ करोड १९ लाख ८० हजार ३०० छ । त्योअनुसार कम्पनीले ३६ करोड ३९ लाख ६० हजार ६०० रुपैयाँ बराबरको ३६ लाख ३९ हजार ६०६ कित्ता हकप्रद जारी गरेको छ । हकप्रद निष्काशनपछि कम्पनीको चुक्तापुँजी रु. ५४ करोड ५९ लाख ४० हजार ९०० पुग्नेछ ।
कम्पनीले यसका लागि गत भदौ १२ गते शेयर दाखिला खारेजी (बुक क्लोज) गरेको थियो । त्यो अनुसार गत भदौ ११ गतेसम्म कायम शेयरधनीले उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् । 

फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । यस हकप्रदमा कात्तिक ६ गतेसम्म आवेदन दिन सकिने छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया