नेपालमा विगत २४ घण्टामा थप ११ जनाको कोरोना कारण मृत्यु भएको छ । योसंगै मुलुकभर कोरोना कारण मृत्यु हुनेको कुल संख्या ५ सय नाघेको छ ।
नेपालमा अहिलेसम्म ५०९ जना कोरोना सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ ।
अहिले मृत्यु हुने ११ जनामध्ये एक महिला र १० पुरुष छन्। उनीहरूको उमेर २७ देखि ८० वर्षसम्म भएको मन्त्रालयले जनाएको छ।
काठमाण्डू उपत्यकामा चार जना, सुनसरी र रूपन्देहीमा तीन तीन जना र बाँकेमा एक जनाको कोभिड १९ सँग सम्बन्धित कारणले मृत्यु भएको हो।
नेपालमा कुल सङ्क्रमितमध्ये ०.६५ प्रतिशत मृत्यु भएको छ।
तर ६१ वर्षदेखि माथिका सङ्क्रमितहरूको मृत्युदर उच्च रहेको तथ्याङ्कले देखाउँछ।
प्रतिक्रिया