थपिए १९ सयभन्दा बढी कोरोना संक्रमित , ९ सय ६१ जना डिस्चार्ज

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय ११ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७९ हजार ७ सय २८ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार बिहीबार ९ सय ६१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५७ हजार ३ सय ८९ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार ४ सय ४४ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालय जनाएको छ। सक्रिय संक्रमितको संख्या २१ हजार ८ सय ३० रहेको छ भने  ५ हजार ७७ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया