नेप्से परिसुचक दोहेरो अंकले बढदा पनि दुई उपसमुह रातोमै , कारोबार रकम करिब ३ अर्ब

५ बर्ष अगाडि

आज साताको अन्तिम दिन  नेपाल स्टक एक्सचेन्ज (नेप्से ) दोहोरो अंकले उकालो लागेको छ ।

आज ११ बजे १५५०.४३ को बिन्दुबाट सुरु भएको कारोबार  ४ घण्टाको अवधिमा  बजे सम्म आउँदा २०.६१ को अंकले बढेर १५७१.०४ को बिन्दुमा पुगेको छ । यस्तै ३ बजेसम्म आउँदा १.३३  प्रतिशतले बढेको छ ।

परिसुचक दोहोरो अंकले बढदा पनि हाइडोपावर र म्युचुअल फण्ड भने रातोमै कायम रहेका छन ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९३ कम्पनीको ९९ लाख ३० हजार ८३० कित्ता शेयर ४७ हजार ३२ पटक खरिद विक्री हुदाँ २ अर्ब ८० करोड ७७ लाख ८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 

५ बर्ष अगाडि

प्रतिक्रिया