धितोपत्र बोर्डले धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल लागू गर्ने

५ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल लागू गर्ने भएको छ ।

नेपाल धितोपत्र बोर्डले सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा धितोपत्र व्यवसायीको जोखिममा आधारित सुपरिवेक्षण म्यानुअल लागू गरेको छ । बोर्डले “सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ्ग० निवारण ऐन, २०६४”, “सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ्ग० निवारण नियमावली, २०७३” तथा  नेपाल धितोपत्र वोर्डबाट जारी भएको “सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०७६” मा भएको कानूनी व्यवस्थालाई अझ प्रभावकारी रुपमा कार्यान्वयन गर्न म्यानुअल लागु गरेको हो  ।

सुपरिवेक्षणमा धितोपत्र व्यवसायीहरुको जोखिम मूल्यांकनगर्दा धितोपत्र व्यवसायीले प्रदानगर्ने वस्तु तथा सेवा, ग्राहक सम्बन्धी जोखिम, भौगोलिक क्षेत्र सम्बन्धी जोखिम, उच्चपदस्थ व्यक्ति सम्बन्धी जोखिम, वितरण माध्यम सम्बन्धी जोखिम, धितोपत्र व्यवसायीको संरचनगत जोखिम,धितोपत्र व्यवसायीको जोखिम व्यवस्थापन सम्बन्धी व्यवस्था गरिएको छ ।

त्यस्तै, धितोपत्र व्यवसायीको स्थलगत तथा गैर स्थलगत सुपरीवेक्षण सम्बन्धी विषय समावेश गरिएको, धितोपत्र व्यवसायीहरुबाट संकलन गरिने परिमाणात्मक तथा गुणात्मक तथ्यांक तथा विवरणहरुबाट धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकन गर्ने व्यवस्था गरिएको, धितोपत्र व्यवसायीको गैर स्थलगत जोखिम मूल्यांकनबाट स्थलगत सुपरीवेक्षणको अवधी, क्षेत्र तथा मात्रा निर्धारण गर्ने व्यवस्था गरिएकोे छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया