नयाँ रेकर्ड बनाएर बन्द भयो जनरल इन्स्योरेन्सको आईपिओ, ५ लाख आवेदकको हात खाली हुने

५ बर्ष अगाडि

असोज ११ गतेबाट साधारण शेयर(आईपीओ) निष्काशन गरेको जनरल इन्स्योरेन्सको शेयरमा आवेदन दिने समय सकिएको छ ।

कम्पनीले असोज ११ गतेबाट हिजो ९असोज १४० गते सम्मका लागि  प्रति शेयर एक सय अंकित दरको ३० लाख कित्ता साधारण शेयर निष्काशन गरेको थियो ।

कम्पनीको शेयरमा ८ लाख बढी आवेदकले आवेदन दिए सगैँ यस आईपीओमा परेको आवेदनले नयाँ रेकर्ड बनाएको छ ।

अहिले सम्म कुनै पनि कम्पनीको आईपीओमा यती धेरै आवेदन परेको थिएन ।

हिजो बेलुका ५ बजे सम्ममा ८ लाख १६ हजार ३६ जना आवेदकले २ करोड २६ लाख २१ हजार ७ हजार कित्ताको लागि आवेदन दिएका हुन् । यो माग भन्दा ८.२८ गुणा बढी हो । 

यस सगैँ अब ५ लाख बढीले यस कम्पनीको शेयर पाउने छैनन् ।

कम्पनीले ३० लाख कित्ता मध्य १ लाख २० हजार कित्ता शेयर कर्मचारीको लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषको लगी छुट्याएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया