रेल्वे कम्पनीले १२९ जना कर्मचारी माग्दा ३२ हजारको आवेदन

५ बर्ष अगाडि

नेपाल रेल्वे कम्पनी लिमिटेडमा १२९ जना कर्मचारीको पदमा ३२ हजारजनाले आवेदन दिएका छन् । 

जनकपुर–जयनगर ब्रोडगेज रेल सञ्चालनका लागि कम्पनीले विभिन्न २९ पदका लागि मागेको आवेदनमा १२ असोजसम्म ३२ हजारले आवेदन दिएका हुन् । 

कम्पनीका महाप्रबन्धक गुरुप्रसाद भट्टराईका अनुसार आवेदक मध्येबाट कुन पदमा कति जनाले आवेदन दिएका छन् केलाउने काम भइरहेको छ । 

३२ हजार मध्ये पहिलो चरणमा शैक्षिक योग्यता, अनुभव लगायतका आधारमा उपयुक्त उम्मेदवारको सूची सार्वजनिक गरिने उनको भनाई छ । 

रेल सञ्चालनका लागि जयनगर देखि जनकपुरधामको कुर्थासम्म ३५ किलोमिटरमा सवै प्रकारको पूर्वाधारहरु निर्माण भईसकेको र कुर्था देखि महोत्तरीको विजलपुरासम्म पूर्वाधारको निर्माण अन्तिम चरणमा पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया