जनताले खोजेको यस्तै नेता हो : सके जनतालाई सुख दिने, नसके पनि दुःखमा सहयोग गर्ने

५ बर्ष अगाडि

कुनै बेला अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफै छाता ओढेको र रेष्टुरेष्टमा काम गरेको धेरै नेपालीले भने हाम्रो देशका नेता पनि यस्तो भए हुन्थ्यो ।

चिनीया राष्ट्रपतिले जनताका विचमा बसेर सामुहिक रुपमा खाजा खाएको फोटो पनि धेरैले सेयर गर्दै नेपालमा पनि त्यस्तै जनप्रेमी नेता खोजी गरे ।

नेपालमा, धेरै विपत्ती आए, जनताले खान नपाएर सार्वजनिक स्थानमा अरुले बाँडेको खाना खानुपर्ने बाध्यात्मक अबस्था आयो । विपत्तीमा जनताको आँसु हेर्न हेलिकप्टरमा ठाउँ ठाउँ पुग्ने र लोकप्रीयता बटुल्ने प्रयास धेरैले गरेपनि जनताको वास्तविक पीडामा मल्हम लागाउन सत्तामा रहेका नेता वा प्रशासकलले भूमिका निर्वाह गर्न सकेनन् ।

तर एकजना पूर्व प्रधानमन्त्रीले भने जनताको पीडामा सहभागी भई समस्यामा नआत्तिएर धैर्य रहन सिकाएका छन् । पूर्व प्रधानमन्त्री समेत रहेका जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले कोरोना महामारीका कारण रोजगारी गुमाएकाहरुलाई काठमाडौंको खुलामञ्चमा पुगेर खाना बाँडेका हुन् ।

विभिन्न सामाजिक संघसंस्थाले खाना खुवाइरहेको स्थानमा पुगेर पूर्व प्रधानमन्त्री भट्टराईले खाना बाँड्ने काम गरे ।

खाना बाँड्ने क्रममा भट्टराईले खाना खाने लाइनमा बसेकाहरुसँग कुराकानी पनि गरे । बाल्टीमा दाल, तरकारी र खाना बाँड्न पूर्वप्रधानमन्त्री नै पुग्दा जनताले आफ्नो बाध्यता सुनाएर मन शान्त पार्ने काम सम्म भएपनि गरे ।

पछिल्लो ६ महिनादेखि विपन्नलाई खाना खुवाइरहेको हाम्रो टिम नेपाल नामक संस्थालाई हौसला बढाउन पूर्व प्रधानमन्त्री खुलामञ्च आएका हाम्रो टिम नेपालका अध्यक्ष विमल पन्तले बताए । भट्टराईले राज्यले गर्नुपर्ने काम गरेको भन्दै जनताले सह्राहना गरेका थिए ।

अध्यक्ष पन्तका अनुसार भट्टराईले पनि खाना खुवाउन सहयोग गर्ने आश्वासन पनि गरेका थिए । ‘फोन गरेर भेट्न आउनू, के सहयोग गर्नुपर्छ म गर्छु भन्नुभएको छ’ पन्तले भने ।

राजधानीको खुलामञ्चमा केही समयदेखि हाम्रो टिम नेपाल, मानवी क्रियटिभ एसोसियसन, गसिप क्वीन र हाम्रो सानो प्रयास संस्थाले लकडाउन र निषेधाज्ञाका कारण रोजीरोटी गुमाएर खान नपाएकाहरूलाई खाना खुवाउँदै आएका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया