अभिनेता सुशान्त सिंह राजपूतको निधन पछि बलिउडका धेरै स्टार सर्वसाधारणको निसानामा पर्ने गरेका छन् । करण जौहार, सलमान खानपछि अहिले अभिनेता अमिताभ बच्चनले समेत उनीहरुको सामान गर्नु परिरहेको छ ।
बलिउडका महानायक बच्चन हालै गरेको एक ट्वीटका कारण सर्वसाधारणको निसाना परेका हुन् । उनले ट्वीटर मार्फत सार्वजनिक गरेका थिए ‘म अंग दान गर्ने सपथ लिन्छु । मैले यो ग्रिन रिवन यसै पबित्रताको लागि लगाएको हो ।’
माथीका क्याप्सका साथ उनले आफ्नो एक तस्बिर समेत पोष्ट गरेका छन् । जसमा उनले हरियो रिवन कोटमा लगाएको देख्न सकिन्छ ।
अमिताभको यो कदमलाई कतिले तारिफ गरेका छन् भने केहीले गाली दिइरहेका छन् । यति मात्र कहाँ हो र ‘तपाइको दिल सेल्फिश छ । यसलाई कस्ले लिन्छ’ भन्ने समेत देखिएका छन् ।
एक सामाजिक संजाल प्रयोगकर्ताले यो दान किन गोप्य नराखेको भनेर अमिताभलाई प्रश्न समेत गरेका छन् । कोरोनाको समय गोप्य हुनुपर्छ भनेको कुरा के हो ? यसको मतलम सिधा छ कोरोना कालमा पनि तपाईले केही दान गर्नु भएन । यो युजर्सले उनलाई पैसाको भोको समेत भनेर गाली दिएका छन् ।
अर्काे एक युजर्सले लेखेका छन् ‘प्लीज तपाइको दिल डोनेट नगर्नु यो धेरै सेल्फिस छ ।’ त्यस्तै एकअर्काे युजर्सले पनि बिमारी महानायक भन्दै अंग कसैले नलिने बताएका छन् ।
प्रतिक्रिया