थपिए १५ सय ५९ नयाँ संक्रमित  , एक हजारभन्दा बढी डिस्चार्ज

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टा थप १५ सय ५९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७७ हजार ८ सय १७ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बुधबार १ हजार ५७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५६ हजार ४ सय २८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५  जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर २० हजार ८ सय ९१ जना संक्रिय संक्रमित रहेका छन् भने ५ हजार ४ सय २८ जना क्वारेन्टिनमा छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया