काठमाडौं । रोजगारदाता कम्पनीले नै सबै खर्च व्योहोरेर नेपाली कामदार लैजान मलेसिया सरकार सहमत भएको छ ।
वैदेशिक रोजगराको नाममा केही सिमित व्यक्ति मात्रै मोटाएको र हजारौ कामदार पीडित बन्नु परेपछि सरकारले गत जेठ ३ गते देखि मलेसिया कामदार पठाउन बन्द गरेको छ ।
नेपाल र मलेसियाका अधिकारीबीच मलेसियामा जारी दुई देशका उच्च अधिकारीबीचको छलफलमा सबै खर्च रोजगारदाता कम्पनीले नै तिर्ने सहमति भएको छ । नेपालमा रहेका म्यानपावर कम्पनीले कामदार पठाउन संयोजन गरेको खण्डमा भने एक महिनाको पचास प्रतिशत लतब बराबरको मात्रै सेवा शुल्क लिन पाउने व्यवस्था गरिएको छ ।
कुनै कामदारले पाउने पहिलो महिनाको तलबको पचास प्रतिशत भन्दा बढी सेवा शुल्क लिइए त्यस्ता म्यानपावर माथि कारवाही गर्ने प्रवाधान समेत सम्झौतामा राअिन लागेको छ ।
भिसा प्रक्रियादेखि आवत जावत गर्दा लाग्ने हवाई टिकको शुल्क समेत रोजगारादातले तिर्ने भएपछि नेपाली कामदारलाई असाध्यै सजिलो र सरल हुने विश्वासमा नेपाल र मलेसियाका सरकारी अधिकारी छन् ।
विशेष गरी मलेसिया जाने नेपाली कामदार पछिल्लो दिनमा धेरै ठगीमा पर्दै आएका थिए । म्यानपावर व्यवसायीले मनलाग्दी रुपमा शुल्क उठाउने गरेको, भनेको काम नपाएको तथा स्वास्थ्य उपचार, बीमा समेत नपाएको जस्ता गुनासो आउने गरेको थियो ।
मलेसियामा नेपाली कामदारलाई इमान्दार र मेहनती कामदारको रुमपा चित्रण गरिन्छ । नेपाली महेनती छन्, इमानदारी पूर्वक जिम्मेवारी पूरा गर्छन् भन्ने मान्यता स्थापित भएका कारण पनि रोजगारदाता कम्पनी आफैले सबै शुल्क तिर्न तयार भएका हुन्. वार्तामा सहभागी मलेसियाका लागि नेपाली कार्यवबहाक राजदूत कुमार खरेलले बताए ।
उनकाअनुसार नेपाल र मलेसियाबीच निकट भविष्यमा नै श्रम सम्झौता समेत हुनेछ । सो सम्झौता पछि नेपाली कामदारलाई सहज रुपमा काम गर्ने वातावरण समेत मलेसियामा निर्माण हुनेछ ।
कुटनीतिक प्रक्रिया मिलाएर केही समय भित्रै श्रम सम्झौता गर्ने तयारी गरिएको भन्दै कार्यवहाक राजदूत खरेलले श्रम तथा सामािजक सुरक्षा मन्त्री गोकर्ण विष्ट र मलेसियाका मानव संशाधन मन्त्री एस कुलसेगरनबीच सम्झौतापत्रमा हस्ताक्षर गर्ने गरी कार्यतालिका समेत तयार गरिएको छ ।
विवादास्पद भिएलएनलाई नै भिसाको काम
नेपालमा विवादित भएको मलेसियन कम्पनी भिएल्एनलाई नै भिसाको जिम्मा दिनुपर्ने अडानमा मलेसिया सरकार रहेको वार्तामा सहभागीले जानकारी दिएका छन् । सबै शुल्क रोजगारदाताले नै तिर्ने भएकाले भिसा प्रक्रिया मिलाउन कालागि मात्रे उसलाई राख्न लागिएको भन्दै मलेसियाका सरकारी अधिकारीले कामदार ठगिन नदिन दुवै पक्षले पारदर्शी संयन्त्र बनाएर कार्यान्वयनमा ल्याउन आग्रह गरेका छन् ।
सरकारले भिएल्उनले नेपाली कामदार ठगेको भन्दै त्यसका नेपाल प्रतिनिधि र कार्यालयलाई समेत कारवाही गरेको थियो ।
नेपाली अधिकारीले नेपाली कामदारको २४ सै घण्टा बीमाको व्यवस्था गर्न मलेसियालाई आग्रह गरेका छन् । कार्य समयको मात्रै बीमा गर्न उनीहरु तयार देखिएका छन्, वार्तामा सहभागी एक अधिकारीले भने । कार्य समयको बीमा गर्न उनीहरु सहमत छन्, तर २४ सै घण्टाको बीमाका लागि भने उनीहरु सहमत हुन सकेका छैनन्, हामी निरन्तर वार्तामा छौ, हेरौ केही सहमति हुन पनि नसक्छ, तत्काल यो विषय नटुंगिन पनि सक्छ ।
सरकारले सहज प्रक्रियाका आधारमा नेपाली कामदार पठाउने प्रक्रिया अगाडि बढाएपछि म्यानपावर व्यवसायी भने आक्रोशित भएका छन् । अनावश्इक शुल्क उठाएर ठगीप् गर्न पाइदैन भन्दै उनीहरु आक्रोशित भएको हुन सक्ने सरकारको बुझाइ छ ।
नेपाली कामदारको खर्च बढी पर्ने, राम्रो रोजगारी पाउन सम्भव नहुने भन्दै वैदेशिक रोजगार व्यवसायीले सस्तोमा कामदार पठाउने विषय राम्रो भएपनि नेपाली कामदारमाथिको लगानी बढी पर्ने भएकाले त्यसबाट राम्रो काम पाउँदैनन् कि भन्ने चिन्ता रहेको बताएका छन् ।
तर सरकारले भने नेपाली कामदारले मलेसियामा विश्वास कमाउका कारण व्यवसायीले भने जस्तो अवस्था भने नरहने दावी गरेका छन् ।
प्रतिक्रिया