लाभांश प्रस्ताव पारित गर्न नेपाल ल्युव आयलले साधारणसभा आह्वान गरेको छ ।
यस अघि कम्पनीको सञ्चालक समितिले शेयरधनीहरुलाई १० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
उक्त प्रस्ताव पारित गर्न कम्पनीले कार्तिक ५ गते बिहान ११ः३० बजे संस्थाको कार्यालय झम्सिखेल ललितपुरबाट र्भच्युअल माध्यममा २९ औं वार्षिक साधारण सभा बोलाएको हो ।
उक्त सभामा हाल कामय रहेको ३ करोड रुपैयाँ जारी पूँजी ५ करोड पुर्याउने, कम्पनी आय विवरण, नगद प्रवाहलगायतका बिषयमा छलफल गर्नेछ ।
प्रतिक्रिया