आईपीओ निष्कासन गर्ने प्रक्रियामा सिटीजन्स लाइफ, कहिले आउला त आईपीओ ?

५ बर्ष अगाडि

शेयर निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेसगैँ सिटीजन्स लाइफको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढे्को छ ।

कम्पनीले आफ्नो शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । 

हिजो कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल र एनआइबिएल एस क्यापिटलको तर्फबाट नायब कार्यकारी अधिकृत मेखबहादुर थापाले सम्झौतापत्रमा हस्ताक्षर गरेसगैँ एनआइबिएल एस क्यापिटल  बिक्री प्रबन्धकमा नियुक्त भएको हो ।

अब धितोपत्र बोर्डबाट अनुमति र आउने साधारणसभाबाट प्रस्ताव पारित भए पश्चात मात्र कम्पनीको आईपीओ आउने छ ।

कम्पनीको  चुक्ता पूँजी बढउन सिटीजन्स लाइफ ७५ करोड बराबरको ७५ लाख कित्ता आईपीओ निष्कासन गर्न लागेको छ । 

उक्त आईपीओ निष्कासन पश्चात कम्पनीको चुक्ता पूँजी २ अर्ब ५० करोड पुग्नेछ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया