नेप्सेमा नाडेपको शेयर मूल्य समायोजन

५ बर्ष अगाडि

नेप्सेमा नाडेप लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन भएको छ ।

गत आर्थिक वर्षको नाफाबाट बोनस शेयर वितरण प्रयोजनार्थ बुकक्लोज गरेसँगै कम्पनीको आईतबार शेयरमूल्य समायोजन भएको हो । 

नेप्सेले लघुवित्तको १० प्रतिशत बोनस पश्चात प्रतिकित्ता ६७६ रुपैयाँ ३६ पैसामा शेयरमूल्य समायोजन गरेको छ।

लघुवित्तले चुक्ता पूँजीको १० प्रतिशतका दरले हुन आउने रकम ३ करोड ६८ लाख रुपैयाँ बराबरको बोनस शेयर वितरण गर्ने विशेष प्रस्ताव पारित गर्न असोज २८ गते पाँचौ वार्षिक साधारण सभा डाकेको छ। 


 

५ बर्ष अगाडि

प्रतिक्रिया