आरएमडिसी र ग्रामीण विकास लघुवित्तको संस्थापक शेयर खरिदका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ ।
यस अघि निक्षेप तथा कर्जा सुरक्षण कोषले आरएमडिसी लघुवित्तको २ हजार ६३२ कित्ता र ग्रामीण विकास लघुवित्तको ३ हजार १९४ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा ल्याएको हो।
आरएमडिसी लघुवित्तको न्यूनतम शेयरमूल्य प्रतिकित्ता ३९८.७५ रुपैयाँ र ग्रामीण विकास लघुवित्तको संस्थापक शेयरको न्यूनतम शेयरमूल्य १०९ रुपैयाँ ७० पैसा तोकिएको छ।
कम्पनीको शेयरमा आवेदन दिन आज दिउँसो ५ बजे भित्र कोषको कार्यालय गहनापोखरी, काठमाडौँमा बुझाउनु पर्नेछ।
प्रतिक्रिया