सुन आयातमा भारी गिरावट, भदौंमा ५० केजी मात्र आयात

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको भदौ महिनामा जम्मा ५० केजी सुन आयात भएको छ । भन्सार बिभागले हालै सार्वजनिक गरेको चालु आवको दोस्रो महिनाको तथ्यांकले यस्तो देखाएको हो ।
बिभागकाअनुसार भदौमा ३६ करोड ६७ लाख ८८ हजार बराबरको सुन आयात भएको छ । साउनमा भने सुनको आयात नभएको बिभागको तथ्यांकले देखाउछ । ५० केजी सुन आयात भएको भदौमा मात्र हो ।
चीन र अमेरिकाको व्यापार युद्ध, कोरोना भाइरसको महामारीका कारण सुनको मुल्य बढ्दा नेपाली बजारमा यसको कारोबार ठप्प भएको छ । फलस्वरुप सुनको आयात घटेको हो ।
यस्तै, भदौसम्म १ हजार केजी चाँदी आयात भएको छ । बिभागको तथ्यांकअनुसार समिक्षा अवधीमा रु. ७ करोड ६१ लाख ४६ हजार चाँदी आयात भएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया