गुराँस लाईफको अवितरित हकप्रदमा आजदेखि आवेदन दिन सकिने

५ बर्ष अगाडि

काठमाडौं – गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको अवितरित हकप्रद शेयरमा आजदेखि आवेदन खुल्ला गरिएको छ । पुर्व निर्धारित समयअनुसार नै लिलामी प्रक्रिया मार्फत उक्त हकप्रद शेयर बिक्री गर्न लागिएको हो । 
कम्पनीले गत असार १४ साउन ४ गतेसम्म हकप्रद शेयर निष्काशन गरेको थियो । तर, त्यसमा ५ लाख ९० हजार १४ कित्ता शेयरमा आवेदन परेको थिएन । त्यसपछि त्यो शेयर लिलामीमा बिक्री गर्न लागेको हो । 
आम खरिदकर्ताले आजदेखि आगमी असोज १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।  उक्त शेयर न्यूनतम मुल्य १०० रुपैयाँ तोकिएको छ । खरिदकर्ताले सो वा सो भन्दा बढी मुल्य राखेर बोलपत्र पेश गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १०० कित्ता शेयरका लागि आवेदन दिनुपर्ने छ । कम्पनीको शेयर बिक्री प्रबन्धक भने एनएमबि क्यापिटल लिमिटेड रहेको छ। 

५ बर्ष अगाडि

प्रतिक्रिया