नेको इन्स्योरेन्सले १०.७० लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने

५ बर्ष अगाडि

काठमाडौं – नेको इन्स्योरेन्स कम्पनीले १० लाख ७० हजार २०६.८४ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्ने भएको छ । कम्पनीले आगामी असोज २० गतेपछि उक्त कित्ता बराबरको शेयर लिलाममा बिक्री गर्न लागेको हो । 
त्योअनुसार उक्त शेयर खरिद गर्न चाहाने इच्छुक व्यक्ति, फर्म कम्पनी तथा संगठित संस्थाहरुले असोज २० गतेदेखि आवेदन दिन सक्नेछन् । तर, विद्यमान संस्थापक शेयरधनीले उक्त शेयर खरिद गर्न पाउने छैनन् । आगामी कात्तिक ४ गतेसम्म खरिदकर्ताले बोलपत्र पेश गर्नुपर्ने बताइएको छ । 
उक्त शेयरको न्यूनतम मुल्य रु. ३१५ तोकिएको छ । बोलपत्र पेश गर्दा सो वा सो भन्दा भन्दा बढी मुल्य तोकेर पेश गर्नुपर्ने छ । 

साथै, खरिद कर्ताले न्यूनतम ५ हजार कित्ताका लागि आवेदन दिनुपर्ने बताइएको छ । कम्पनीले यसका लागि सनराइज क्यापिटललाई शेयर बिक्री प्रवन्धकमा नियुक्ती गरिसकेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया