बढ्दै छ विद्युतीय भुक्तानीः हेर्नुहोस, कुन माध्यमबाट कति कारोबार हुन्छ ?

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो महिना अर्थात् साउन महिनामा मात्र मोबाइल बैंकिङ मार्फत १८ अर्ब ३९ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले हालै तयार पारेको एक तथ्यांकले यस्तो देखाए हो । 
राष्ट्र बैंकअनुसार साउनमा मोवाइल बैंकबाट ५९ लाख २३ हजार ४११ पटक कारोबार भएको थियो । यस्तै, असार महिनामा मोवाइल बैंकिङबाट ५८ लाख १७ हजार ६८१ पटक कारोबार हुँदा १८ अर्ब ८३ करोड ९० लाख बराबरको भुक्तानी भएको देखिन्छ । 
बिशेषगरि कोरोना भाइरसको त्रास बढ्दै गएपछि नेपालमा पछिल्लो समय विद्युतीय माध्यमबाट हुने भुक्तानीको मात्रा बढ्दै गएको छ । मोवाइल बैंकिङ, इन्टरनेट बैंकिङ, वालेट, आरटीजीएस मार्फत हुने कारोबार बढ्दै गएको राष्ट्र बैंकको भनाइ छ । 
विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भुक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासको कारण विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको राष्ट्र बैंकले बताएको छ । 
साउन महिनामा इन्टरनेट बैंकिङ मार्फत ३ अर्ब बराबरको कारोबार भएको छ । यस्तै, सबैभन्दा बढी आरटीजीएस मार्फत भएको तथ्यांकमा देखिन्छ । आरटीजीएस मार्फत ८७ खर्ब १५ अर्ब ६१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, कनेक्ट आईपीएसबाट ४७ अर्ब ३६ करोड बराबरको भुक्तानी भएको छ । यसैगरि इ कर्मसबाट १ अर्ब २० करोड रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । 

हेरौं, कुन विद्युतीय माध्यमबाट कति भुक्तानी भयो ? 

५ बर्ष अगाडि

प्रतिक्रिया