अश्लिल तस्बिर छाप्ने पत्रिका जलाइयो

७ बर्ष अगाडि

पोखरा – नेपालमा दिन प्रतिदिन महिला हिंसाका घटना सार्वजनिक भइरहेकै बेला आमसञ्चार माध्यमले हिंसा नियन्त्रण गर्नुको साटो अश्लीलता झल्काउने साम्रगी प्रकाशन गरेको भन्दै  शनिबार पोखरामा विद्यार्थी संगठनले पत्रिका जलाएका छन् । 
अखिल क्रान्तिकारी विद्यार्थी संगठन प्रदेश ४ ले नागरिक राष्ट्रिय दैनिकको साप्ताहिक परिशिष्टांक शुक्रबार साप्ताहिक जलाएर विरोध प्रर्दशन गरेको हो । उक्त पत्रिकाको मिडपेज ब्लोअपमा गायिका तथा मोडल लक्ष्मी आचार्यको नग्न बिम्ब झल्किने कुकुर सहितको तस्बिर प्रकाशित छ । 
समाचार प्रकाशन गर्ने आमसञ्चारका साधनहरुले महिलाहरुलाई बिकाउ वस्तुको रुपमा चित्रित गराइरहेकोसंगठनका प्रदेश संयोजक क्षितिज सापकोटालबताए ।

७ बर्ष अगाडि

प्रतिक्रिया