जनरल इन्स्योरेन्सको आईपीओमा एकै दिन ९७ हजार १७० जना आवेदकबाट ३२ लाख ४४ हजार ६३० कित्ता शेयरको लागि आवेदन परेको छ ।
यो कम्पनीको माग भन्दा बढी हो ।
कम्पनीको आईपीओमा आइतबार ५ बजेसम्म करिब साढे ३२ लाख कित्ता शेयरको लागि आवेदन परेको हो ।
हिजोबाट कम्पनीले एक सय रुपैयाँ अंकित दरका ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आईपीओ निष्काशन खुला गरेको थियो ।
कम्पनीको आईपीओमा पहिलो दिननै माग भन्दा बढी आवेदन परेकोले असोज १४ गतेसम्म मात्रै आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया