थप १५ सय ७३ जनामा कोरोना संक्रमण पुष्टि , कुल संक्रमितको संख्या ७३ हजार नाघ्यो

५ बर्ष अगाडि

नेपालमा पछिल्लो २४ घण्टामा थप १५ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७३ हजार ३ सय ९४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका  अनुसार आइतबार ८ सय ८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ५३ हजार ८ सय ९८ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय २३ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १९ हजार १९  रहेको छ। यस्तै ६ हजार २ सय ८१ जना क्वारेन्टिनमा रहेका छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया