नेप्सेमा सामान्य अंकको वृद्धि , तीन अर्बभन्दा बढीको कारोबार

५ बर्ष अगाडि

आज साताको पहिलो दिन नेपाल स्टक एक्सचेन्ज (नेप्स) परिसुचक कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ १५६५.५५ को बिन्दुमा पुगेको छ ।

आज ११ बजे १५६१.२६ को बिन्दुबाट सुरु भएको कारोबार  गर्दै ३ बजे सम्म आउँदा ४.२९ को अंकले बढेर १५६५.५५ को बिन्दुमा पुगेको हो । 

परिसुचक ४ घण्टाको अवधिमा ०.२७  प्रतिशतले बढेको छ ।

त्यस्तै, आज कारोबारमा आएका १२ उपसमूह मध्ये ६ उपसमुह  बढेका छन  ।

आज कारोबारमा अन्तिम समयसम्म आएका  १९१ कम्पनीको १ करोड ९९ लाख ७२ हजार ३११ कित्ता शेयर ४२ हजार १०८ पटक खरिद विक्री हुदाँ ३ अर्ब १३ करोड ८२ लाख ४३ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया