युनिलिभर नेपालले गत आवको नाफाबाट लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७६र७७ को नाफाबाट लगानिकर्ताहरुलाई प्रति शेयर १०० रुपैयाँको दरले लाभांश वितरण गर्ने भएको हो ।
कम्पनीको संचालक समितिको बैठक भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।
साधारणसभा प्रयोजनको लागि कम्पनीले कार्तिक २७ गते बुक क्लोज गरेकोले कार्तिक २६ गतेसम्म कायम शेयरधनीले मात्र लाभांश पाउन सक्ने छन् ।
कम्पनीले साधारणसभा भएको ४५ दिन भित्र लाभांश वितरण गरिसक्ने जनाएको छ ।
प्रतिक्रिया