काठमाडौं – कोरोना भाइरस कारण विदेशी प्रर्यटक नेपाल आउन नसक्दा चालु आर्थिक बर्षको पहिलो महिनामा भ्रमण आयमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो ।
राष्ट्र बैंकअनुसार साउनमा भ्रमण आय ८६.१ प्रतिशतले घटेको छ । गत आवको सोही अवधीमा विदेशी प्रर्यटक मार्फत रु. ४ अर्ब ३६ करोड आम्दानी भएको थियो । अहिले भने ६० करोड ५६ लाख मात्र आम्दानी भएको छ ।
यस्तै भ्रमण व्यय पनि ७७.४ प्रतिशतले घटी रु.१ अर्ब ५८ करोड कायम भएको छ । यसमध्ये शिक्षातर्पmको व्यय रु.१ अर्ब ३९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.७ अर्ब २
करोड रहेकोमा शिक्षातर्फको व्यय रु.३ अर्ब ४९ करोड रहेको प्रतिवेदन रहेको थियो ।
प्रतिक्रिया