कोरोना प्रभावः प्रत्यक्ष घट्यो बैदेशिक लगानी

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो महिना (साउन) मा प्रत्यक्ष बैदेशिक लगानी ३.३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषय प्रतिवेदनले यस्तो देखाएको हो। 
राष्ट्र बैंकका अनुसार पहिलो महिनामा १ अर्ब ३९ करोड बैदेशिक लगानी नेपाल भित्रिएको छ । जुन गत आवको सोही अवधीको भन्दा ५ करोडले कम हो । गत आवको सोही अवधीमा रु. १ अर्ब ४४ करोड बैदेशिक लगानी आएको थियो । 
बिशेषगरि कोरोना भाइरसका कारण विश्व अर्थतन्त्रमा आएको संकटका कारण बैदेशिक लगानी पनि प्रभावित भएको बताइएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया