चार बर्ष पछि चालु खातामा नाफा आयो, कति छ नाफा  ?

५ बर्ष अगाडि

काठमाडौं – मुलुकको चालु खाता करिब ४ बर्ष पछि बचतमा आएको छ । ४ बर्षदेखि अर्बाैले घाटामा रहेको चालु खाता चालु आर्थिक बर्षको पहिलो महिनामा नाफामा आएको छ । 
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको साउन महिनाको  देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । 
समिक्षा अवधीमा चालु खाता रु.२५ अर्ब ४१ करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ । गत आवको सोही अवधिमा चालु खाता रु.९ अर्ब ३४ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको पहिलो महिनामा ८ करोड ३८ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा २१ करोड २१ लाखले बचतमा रहेको राष्ट्र बैंकको भनाइ छ । 
यस्तै, समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर ६.७ प्रतिशतले वृद्धि भई रु. १ अर्ब १० करोड पुगेको छ भने प्रत्यक्ष वैदेशिक लगानी ३.३ प्रतिशतले घटी रु.१ अर्ब ३९ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.१ अर्ब ३ करोड र प्रत्यक्ष वैदेशिक लगानी रु.१ अर्ब ४४ करोड रहेको थियो । 

५ बर्ष अगाडि

प्रतिक्रिया