ह्वात्तै घट्यो शोधनान्तर नाफा, एक महिनामै २३१ अर्ब घट्योे

५ बर्ष अगाडि

काठमाडौं – चालु आर्थिक बर्षको पहिलो महिना अर्थात् साउनसम्म आउँदा शोधनान्तर बचत (नाफा) ह्वात्तै घटेको छ । गत आर्थिक बर्षको अन्त्य अर्थात् गत असारसम्म शोधनान्तर स्थिती रु. २ खर्ब ८२ अर्ब ४१ करोडले बचतमा थियो । तर, साउन मसान्तसम्म आउँदा त्यो रु. ५१ अर्ब ४६ करोडमा सिमित भएको छ । समिक्षा अवधीमा २ खर्ब ३१ अर्बले शोधनान्तर नाफा घटेको देखिन्छ । 
कोरोना भाइरस नियन्त्रण गर्न लगाइएको लकडाउनका कारण आयात नहुदाँ नेपाल देखि पैसा बाहिरन पाएको थिएन । तर, अहिले लकडाउन खुकुलो भएपछि आयात बढ्दै गएको छ, फलस्वरुप नेपालदेखि बाहिरीने रकम बढ्दै गएपछि शोधान्तर बचत घट्न थालेको हो । 
गत बर्ष साउनमा शोधनान्तर स्थिति रु.६ अर्ब ५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा ५ करोड ४२ लाखले बचतमा रहेकोमा समीक्षा अवधिमा ४२ करोड ९४ लाखले बचतमा रहेको नेपाल राष्ट्र बैंको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति बिषयक प्रतिवेदनमा उल्लेख छ ।

यस्तै, राष्ट्र बैंकले अन्तर्राष्ट्रिय मुद्राकोषको शोधनान्तर स्थिति तर्जुमा कार्यविधिको पाँचौ संस्करण अनुसार हालसम्म प्रकाशन हुँदै आएको नेपालको शोधनान्तर स्थिति आर्थिक वर्ष २०७७÷७८ को पहिलो महिनादेखि मुद्राकोषको छैंटौ संस्करण अनुसार समेत प्रकाशनमा ल्याएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया