ग्लोबल आईएमईले डाक्यो साधारणसभा,  ६.५ प्रतिशत लाभांश दिने

५ बर्ष अगाडि

ग्लोबल आईएमई क्यापिटलले आफ्नो वार्षिक साधारणसभा बोलाएको छ ।

क्यापिटलले लाभांश वितरण गर्ने प्रस्ताव सहित सभा बोलाएको हो । उक्त सभामा कर सहित ६.५ प्रतिशतले हुन आउने १ करोड ३९ लाख ७५ हजार लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ ।

शतप्रतिशत लगानी रहेकोले यो लाभांश ग्लोबल आईएमई बैंकले पाउने छ । 

उक्त सभामा आर्थिक वर्ष ७६र७७ को संचालक समितिको प्रतिवेदन पारीत गर्ने, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारीत गर्ने, लेखापरीक्षक तोकी निजको पारिश्रमिक तय गर्ने, २ जना स्वतन्त्र संचालक नियुक्त गर्ने, यस अघि चयन गरिएका संचालक अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छन् । 

क्यापिटलकोृ साधारण सभा कार्तिक ३ गते आफ्नै कार्यालयमा हुनेछ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया