महामारीमा पनि बढ्यो रेमिट्यान्स आप्रवाह, साउनमा ९२.७१ अर्ब भित्रियो

५ बर्ष अगाडि

काठमाडौं – कोरोना भाइरसको महामारीका बीच पनि चालु आर्थिक बर्षको पहिलो महिनामा रेमिट्यान्स आप्रवाह २३ प्रतिशतले बढेको छ । कोरोना भाइरसले श्रम गन्तव्य मुलुक सहित बिभिन्न देशमा देखिएको आर्थिक संकटका कारण नेपालमा विप्रेषण आप्रवाह घट्ने अनुमान गरिएको थियो । तर, साउनमा उच्च मात्रामा विप्रेषण आप्रवाह बढेको छ । 
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको पहिलो महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनले यस्तो देखाएको हो । राष्ट्र बैंकअनुसार साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ विप्रेषण भित्रिएको छ । 
गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २.० प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १४.५ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ०.७ प्रतिशतले बढेको राष्ट्र बैंकको भनाइ छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया