आजबाट आईपीओ जारी गर्न लागेको जनरल इन्स्योरेन्सको आईपीओ वेबसाइट बाटै भर्नुपर्ने भएको छ ।
भदौ ३१ गते मेरोशेयरको एप सार्वजनिक भएपनि एप मार्फत आईपिओमा आवेदन नसकिने सीडीएसले जनाएको छ ।
सीडीएसले एप पूर्ण रुपमा संचालनमा नआएको हाल एप बेटा भर्जन मै रहेको र एपको फुल भर्जन आएपछि मात्र एपबाट आईपिओमा आवेदन दिन सकिने बताएको हो ।
त्यस्तै, सीडीएसले मेरोशेयरबाट आईपिओ भर्दा पिन कोड अनिवार्य गरेको छ ।
मेरो शेयर मार्फत आवेदन दिँदा यस अघि वान टाइम पासवर्डको प्रयोग हुने गरेकोमा अब चार डिजिटको पिन कोड आवश्यक पर्ने भएको हो ।
वान टाइम पासवर्डलाई प्रतिस्पथापन गरेर सिडीएसले पिन कोडको ब्यबस्था लागु गरेको हो ।
प्रतिक्रिया