आजबाट मेगा बैंकको  लिलामी शेयरमा आवेदन दिन सकिने

५ बर्ष अगाडि

आजबाट मेगा बैंकको लिलामी शेयरमा आवेदन दिन सकिने भएको छ । 

कम्पनीले यस अघि हकप्रदमा बिक्री नभएका १८ लाख ४० हजार कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न दागेको हो ।

यस अघि बैंकले २०७४ भदौ २७ गतेदेखि कार्तिक १४ गतेसम्म हकप्रद शेयरमा बिक्री खुला गरेको थियो ।

बैंकले उक्त हकप्रदमा बिक्री नभएको संस्थापक तर्फको ११ लाख ३३ हजार ३४४.७० कित्ता र सर्वसाधारण तर्फको ७ लाख ७ हजार ३९४.९३ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्न लागेको हो ।

उक्त लिलामी शेयरमा न्युनतम १०० कित्ताका लागि आवेदन दिन सकिने छ भने अधिकतम १ लाख कित्तासम्मको लागि आवेदन दिन सकिनेछ ।

उक्त शेयरमा  बिक्री प्रबन्धक मेगा क्यापिटल र मेगा बैंकका तोकिएका शाखा कार्यलयमार्फत ।लगानीकर्ताले असोज ११ गतेदेखि असोज १८ गतेसम्ममा आवेदन दिनुपर्ने छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया